दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान सकियो, आजबाट थुनछेक
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस हुनेछ।
काठमाडौं : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान सकिएको छ। बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा आजदेखि थुनछेक बहस हुँदैछ।
अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले प्रसाईसहित अन्य प्रतिवादीहरूको बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरू हुने जानकारी दिए।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ।
राज्यविरुद्धको कसूरका ५० जना प्रतिवादीमध्ये ३९ जना प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राजद्रोह,अपराधिक उपद्रव,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर भएको हो। ५० जना प्रतिवादीमध्ये ११ जना धरौटीमा छुटिसकेका छन्।