रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए ।

२१ जेठ, काठमाडौं । काठमाडौंबाट रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । पक्राउ परेका महतोलाई धनुषा लगिएको छ ।

उनी ठगीको कसुरमा पक्राउ परेका हुन् । पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरु मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय भने विवाद आएको थियो ।

त्यसपछि करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध यादवले उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *