काभ्रेमा बस दुर्घटना हुँदा कृष्णकुमारीको मृत्यु, बुहारी र नातिनी घाइते

पनौतीबाट यात्रु लिएर जाँदै गरेकोबा ३ ख ४४३५ नम्बरको बसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए ।

२१ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेकोबा ३ ख ४४३५ नम्बरको बसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए ।

तीमध्ये ६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए ।

घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ । कृष्णकुमारीसँगै गएकी एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ ।

त्यस्तै, कृष्णकुमारीको बुहारी संगिता आचार्य तिमल्सिना पनि सोही बसमा सवार थिइन् । उनको गोडामा चोट लागेको छ ।

घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

बिरामी लिन एम्बुलेन्स भुग्देउ आइरहेको तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *