थप एक मृतकको पहिचान खुल्यो : रामेछाप दुर्घटना अपडेट

अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको


१४ मंसिर, काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा परी मृत्यु भएकामध्ये थप एक जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुर कार्की रहेका छन् । उनको ठेगाना भने खुलेको छैन ।

गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि दुर्घटनामा परी मृत्यु भएको छ भने अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *