रामेछापमा दुर्घटना हुँदा वडाध्यक्ष बस्नेतसहित पाँच को घटनास्थलमै मृत्यु
स्थानीयले सुमो झण्डै पाँच सय मिटर तल खसेको
१४ मंसिर, काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।
शुक्रबार ७१२३ नम्बरको सुमो काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर घटनास्थलमै वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ। गाडीमा ८ जना सवार थिए ।
स्थानीयले सुमो झण्डै पाँच सय मिटर तल खसेको बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।