यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको अख्तियारको दाबी छ ।

३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको अख्तियारको दाबी छ ।

अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले ०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

गौतमको स्रोत नखुल्ने सम्पत्ति जफत गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही अघि बढाउन मंगलबार विशेष अदालतमा सोही बराबरको बिगोदाबी कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

साथै गौतमकी श्रीमती सरला नेपाललाई प्रतिवादी बनाइएको छ । गैर कानुनी तरिकाले आर्ज गरेको सम्पत्ति गौतमले श्रीमती सरलाको नाममा राखी सम्पत्ति विवरण पेश गर्दा लुकाएको पाइएको अख्तियारले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *