सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्री ओलीले भने- आन्दोलनको बाटोमा त्यागेर संवादको बाटो रोज्नुस्

व्यवसायीले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका थिए। 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सुनचाँदी व्यवसायीलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका छन्।

सुनचाँदी व्यवसायसँग सम्बन्धित संघ–संस्थाका नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेको टोलीलाई प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरे।

व्यवसायीले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका थिए।

भेटका क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागू गर्दा आफूहरूको व्यवसाय धराशायी हुने भएकाले पुनः विचार गर्न माग गरेको छ।

ती संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहेमा आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *