ग्वार्कोको जस्ता फ्लाइओभर र ओभरपास अरू ठाउँमा पनि बन्छ : प्रधानमन्त्री

उनले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको दाबी पनि गरे ।

६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएजस्ता ओभरपास उपत्यकाका अन्य ठाउँमा पनि बनाउने घोषणा गरेका छन् ।

शुक्रबार ग्वार्कोमा बनेको ओभरपास उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सामान्य रुपमा होइन देशले गति लिन लागेको रुपमा हामीले हेरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘चक्रपथ विस्तार गर्ने कुरामा पनि हामी लागेका छौं । यस्तै फ्लाइओभर र ओभरपास अन्य ठाउँमा बनाइन्छ ।’

उनले सरकारले ट्राफिक जाम अन्त्य गर्ने कोसिस गरिरहेको पनि सम्बोधनको क्रममा भने ।

‘देश विकासको बाटोमा कसरी अघि बढ्दैछ भन्ने जनताले देखिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एशियाली स्टान्डर्डमा पूर्व पश्चिम राजमार्ग अघि बढाउने कुरा भएको छ ।
बहुआगामीक ढंगले चौतर्फी रुपमा देशको विकास गर्दैछौं ।’

उनले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको दाबी पनि गरे ।

‘केही केही मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकास हुँदैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *