ललितपुर महानगरले गर्‍यो नगरसभामा नीति तथा कार्यक्रम पेस

नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने बताइएको छ ।

६ असार, काठमाडौं । ललितपुर महानगले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरेको छ ।

महानगरको सातौं नगरसभामा नगर प्रमुख चिरिबाबु मर्जनले नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने बताइएको छ ।

त्यस्तै, पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने महर्जनले बताए ।

यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए ।

त्यसैगरी दीर्घकालीन महत्व बोकेका सडकहरु पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरुको रुपमा वर्गिकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गीकरण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *