पाँच दिन अघि काठमाडौँ अनामनगरबाट हराएका कुँवरको अहिलेसम्म लागेन पत्ता
उनले भने, “मर्निङवाक जादा उहाँ हराउनुभयो, घरमा निकै तनाब भएको छ ।
काठमाडौं- सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन ।
यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगरस्थित डेराबाट मर्निङ वाकका लागि निस्किएका कुँवर हराएको आज पाँच दिन भइसक्दा समेत कुनै पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए ।
देवबहादुरले भने, ‘काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।’
कुँवर हराउनु भएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, ‘कुँवरको खोजी जारी छ, विभिन्न युनिटमार्फत प्रयास भइरहेका छ ।’
पेसाले शिक्षक पेसामा आवद्ध रहेका कुँवर एका एक हराएपछि उनका आफन्तहरु निकै चिन्तित बनेको अछाम घर भई हाल काठमाडौँ हाडिगाउँ बस्दै आएका कुवँरका नातेदार एवं कुण्डली सेवा समाजका कोषाध्यक्ष धर्मराज खड्काले जानकारी दिए ।
उनले भने, “मर्निङवाक जादा उहाँ हराउनुभयो, घरमा निकै तनाब भएको छ । हराएको पाँच दिन बितिसक्यो, सबै ठाउँमा खोजी कार्य गर्दैछौँ । फेला पर्न भएको छैन । उहाँका एक श्रीमती, युवराज, अनिल र धिरज गरी तीन छोरा छन् ।”
कुँवर हराभएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।
उनले भने, “कुँवर हराउनु भएको विषयमा यही असार १८ गते परिसरमा निवेदन दर्ता भएको छ । खोजी कार्यका लागि विभिन्न युनिटका प्रहरीलाई खबर गरिएको छ । खोजतलास जारी छ ।”
