कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
नवलपरासीस्थित बर्दघाट नगरपालिका– १० का खनाल नेता डा. शेखर कोइराला निकट छन्।
२५ असार, काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेसका महामन्त्री विक्रम खनाललाई पार्टीले निष्कासन गरेको छ । पश्चिम नवलपरासीबाट संविधानसभाका पूर्व निर्वाचित सदस्यसमेत रहेका खनाललाई असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले निष्कासन गरेको हो ।
‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ अनुशासन समितिले उल्लेख गरेको छ।
नवलपरासीस्थित बर्दघाट नगरपालिका– १० का खनाल नेता डा. शेखर कोइराला निकट छन्। खनालकै विषयलाई लिएर केन्द्रीय समिति बैठकमा नेता कोइराला र केन्द्रीय सदस्य चौधरीबीच जुहारी समेत चलेको थियो।
