मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीनसँग सहयोग माग्ने निर्णय

बैठकका निर्णयबारे विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बुधबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएका हुन् ।

२५ असार, काठमाडौं । विपद् कार्यकारी परिषद्ले रसुवाको मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णयबारे विपद् जोखिम तथा न्युनीकरण प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बुधबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएका हुन् ।

‘मितेरी पुल चीन र नेपालबीचको महत्त्वपूर्ण नाका भएकाले यसलाई तत्कालै सुचारु गर्नका लागि त्यहाँ जुन सडक बनिरहेको छ,’ भट्टले उक्त निर्णयबारे जानकारी गराउँदै भने, ‘त्यो पहिलादेखि नै चीनकै मद्दतबाट बनेकाले फेरि सहयोगका लागि चीनसँग अनुरोध गर्ने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *