सेयर बजारमा ऐतिहासिक रेकर्ड, साढे २१ अर्बको कारोबार
यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो।
४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलै उतारचढाव देखिएको छ । अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे ५२ अंक बढेर २९२२ मा पुगेको थियो । त्यसपछि बिक्री चाप बढ्यो ।
मौद्रिक नीति घोषणा भएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो। नेप्से परिसूचक २८६७.७६ विन्दुमा अडिएको छ। कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ।
यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो।
यसैगरी ट्रेड टावर,शिव श्री हाइड्रोपावर र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ९८ करोडमाथिको सेयर कारोबार भयो। बुटवल पावरको ६४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले ५६ करोड,नगदी ग्रुपको ५० करोड र सानिमा माइ हाइड्रोपावरको ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो। आज पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।