प्रतिकूल मौसमले गोसाइकुण्डमा भेटिएको दुईजनाको शव काठमाडौं ल्याउन सकिएन

मौसम सफा भएपश्चात भोलि हेलीकप्टरद्वारा दुवै जनाको शव कामठमाडौ ल्याउने तयारी रहेको बताइएको छ ।

१२ साउन, काठमाडौं। मौसम प्रतिकूलताको कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित गोसाइकुण्डमा भेटिएका दुईजनाको शव काठमाडौ ल्याउन सकिएको छैन।
लगातार वर्षाको कारण उक्त क्षेत्रमा हेलिकप्टर जान र ल्याण्ड गर्न असम्भव भएपछि उनीहरुको शव तीर्थ यात्री बस्न बनाईएको पाटीपौवामा राखिएको छ। सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज तैनाथ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए।
स्नान गर्ने क्रममा बेपत्ता दुवै जनाको शव नेपाली सेनाको श्री श्रीनाथ गण सुरक्षा पोष्ट चन्दनवारीबाट खटिएको सुरक्षा फौजले साउन १२ गते बिहान करिब ११ बजे गोसाईकुण्डबाट बाहिर निकालेका थियो ।
गोसाइकुण्डमा स्नान गर्ने क्रममा साउन ११ गते मोरङ जिल्लाको बेलवारी नगरपालिका-११ बस्ने २५ वर्षीय मनोज न्यौपाने र सोही जिल्लाको विराटनर महानगरपालिका–३ बस्ने २९ वर्षीय सुजन ढकाल डुवेर बेपत्ता भएका थिए।
मौसम सफा भएपश्चात भोलि हेलीकप्टरद्वारा दुवै जनाको शव कामठमाडौ ल्याउने तयारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *