बेइजिङमा भीषण बाढी, करिब ३० जनाको मृत्यु, ८० हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

 चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका  व्यक्तिहरूको खोजी गर्न र राहत तथा उद्धारमा जुट्न निर्देशन दिएका छन्।

बेइजिङ : चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु भएको छ।  शनिबारदेखि सुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पहिरोमा परी केही मानिस बेपत्ता भएको जनाइएको छ।

मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका  व्यक्तिहरूको खोजी गर्न र राहत तथा उद्धारमा जुट्न निर्देशन दिएका छन्।

जुलाई महिनामा बेइजिङमा प्रायजसो बढी वर्षा हुने गर्छ। सन्  २०१२ को जुलाईमा बेइजिङमा एकै दिनमा १९० मिमी वर्षा भएको थियो। यस बाढीमा ७९ जनाको मृत्यु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *