भारतको झारखण्डमा बस र ट्रक ठोक्किँदा तीर्थयात्रीसहित ६ जनाको मृत्यु, २४ घाइते

देवघरबाट बासुकीनाथतर्फ तीर्थयात्री लिएर जाँदै गरेको बस अनियन्त्रणित हुँदै ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नयाँ दिल्ली : झारखण्डको देवघरमा बस र ट्रक ठोक्किँदा तीर्थयात्रीसहित छजनाको मृत्यु भएको छ। देवघरका सदर एसडीओ र अस्पतालका चिकित्सकले घटनाको पुष्टि गरेका छन्। दुर्घटनामा २४ जना घाइते भएका छन्।  घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

देवघरका सिभिल सर्जन युगल किशोर चौधरीले दुर्घटनामा ६ जना मृत्यु भएको पुष्टि  गरेका छन्।  अन्य गम्भीर घाइतेहरूलाई देवघरस्थित एम्समा रेफर गरिएको छ।

बस चालक निदाएका कारण दुर्घटना भएको बताइएको छ। मंगलबार बिहान चार-पाँच बजेको बीचमा दुर्घटनाको भएको प्रहरीले जनाएको छ। देवघरबाट बासुकीनाथतर्फ तीर्थयात्री लिएर जाँदै गरेको बस अनियन्त्रणित हुँदै ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *