संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने छन् ।
रवि भेट्न रास्वपाका नेता र सांसदहरु भैरहवामा
संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा हुने पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।
१४ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरु भैरहवा आइपुगेका छन् । पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहित अधिकांश सांसदहरु मंगलबार साँझ नै भैरहवा आइपुगेका छन् । १९ मध्ये बाँकी सांसदहरु आज बिहान आउँदैछन् ।
रास्वपा सांसदहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेट्ने र दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा हुने पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार पार्टीका सांसदहरु आज र भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् । ‘संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ’ परियारले भने ।