नाउपाको राष्ट्रिय भेला जारी, रञ्जिता अनुपस्थित

अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने एक नेताले जानकारी दिए ।

१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०को राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा रञ्जिता भने उपस्थित छैनिन् ।

रञ्जितलाई अनुशासन समितिले गरेको कारबाहीलाई राष्ट्रिय भेलाबाट अनुमोदन गराउने तयारी छ ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई दिएको छ । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।

अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने एक नेताले जानकारी दिए ।

डगौरा संयोजकत्वको नाउपा अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *