रेफ्रीको गल्तिले फुटबल मैदानमा ५६ को मृत्यु
समाचार अनुसार रेफ्रीको ‘गलत निर्णय पछि’ यति ठूलो घटना घटेकोसमाचार
१८ मंसिर, काठमाडौं । गिनीमा फूटबल मैदानमा झडपमा हुँदा कम्तिमा ५६ जनाको मृत्यु भएको छ ।
सरकारले देशको दोस्रो ठूलो सहर निजोरकुरमामा भएको फुटबल खेलमा कम्तिमा ५६ जनाको मृत्यु भएको जनाएको छ। समाचार अनुसार रेफ्रीको ‘गलत निर्णय पछि’ यति ठूलो घटना घटेको जनाइएको छ ।
पाहुना टोली लाबेका दुई खेलाडीहरूलाई रेफ्रीले रातो कार्ड दिए अनि विवादास्पद पेनाल्टी किक दिए पछि यो झडप सुरू भएको थियो ।
प्रधानमन्त्री ओरी बाहले एक विज्ञप्तिमा जारी गर्दै भने, ‘यो घटनालाई दुःखद रहेको छ, शोकमा परेकाहरूप्रति समवेदना व्यक्त गर्दछु ।’
नाम खुलाउन नचाहेको एक डाक्टरले समाचार एजेन्सीहरूलाई भने, ‘अस्पतालमा आँखाले देख्ने ठाउँसम्म शवहरू लाइनमा राखिएको छ ।’ उनका अनुसार मृतकको संख्या थप बढन सक्नेछ ।
उनले थपे ‘अरु घाइतेहरूहरू हल र सडकको भुइँमा सुतिरहेका छन्। शव भरिएको छ,’। स्थानीय मिडियाले भने कि पुलिसले भीड नियन्त्रण गर्नका लागि अश्रु ग्याँससमेत प्रयोग गरेको थियो ।
एक प्रत्यक्षदर्शीले भने जब आगन्तुक टोली लाबेका समर्थकहरूले रेफ्रीसँग रिसाएर मैदानतर्फ ढुङ्गा हान्न थाले पछि भिडन्त सुरू भएको थियो । ‘यो सबै रेफ्रीको विवादास्पद निर्णयबाट सुरु भयो। त्यसपछि प्रशंसकहरूले मैदानमा आक्रमण गरे,’ ।
प्रधानमन्त्री बाहले मारिएका दर्जनौं व्यक्तिलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैलाई पूर्ण चिकित्सा र मनोवैज्ञानिक सहयोग गर्ने वाचा गरेका छन्।