लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवारलाई हेल्मेटले कुटे

सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले बताए । 

१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् ।

गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ (क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले हानेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको बेला गैरै भएकै ठाउँमा पुगेर कडायतले हेल्मेटले हानेका हुन् ।

साथीहरूसँगै बसेको उनलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन् । सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले बताए ।

कडायतले आफूमाथि कुटपिट गरेको भिडियो गैरेले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी समेत उनले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *