चक्रे मिलन समूहको गाडीबाट २ वटा खुकुरी र रड बरामद

उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको पक्राउ परेकाहरुले बताएको प्रहरीको भनाइ छ ।

१६ साउन, काठमाडौं । विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ ।

बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचा

र्यकाअनुसार एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरु पनि बरामद भएका छन् ।

उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको पक्राउ परेकाहरुले बताएको प्रहरीको भनाइ छ ।

गाडीको लावालस्करसहित बाटो समेत अवरुद्ध गरेर चक्रेलाई स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगरानी बढाएको थियो । त्यसपछि बिहीबार राति अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *