बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

१६ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिने भएका छन् ।

मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराए । उनले भने, ‘सभापतिले राजीनामा गर्न निर्देशन हिजो दिनुभएको छ । भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *