भारतीय खेलाडीलाई पराजित गर्दै नेपालका रविन्द्र बने म्याट्रिक्स फाइट नाइट च्याम्पियन
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा जित हासिल गरेर बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
काठमाडौँ । भारतलाई पराजित गर्दै नेपालका रविन्द्र धान्तले म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७ ) को उपाधि जितेका छन्। भारतमा भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपालका धान्त बान्टमवेट च्याम्पियन बनेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा जित हासिल गरेर बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्- ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।’
रवीन्द्रले डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका हुन् । उनले तेस्रो राउण्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गरेका थिए । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पारेका छन् ।