थारू आयोगका कार्यबाहक अध्यक्षलाई सदस्य मोदीले कार्यकक्षभित्रै थुनिन्
सदस्य मोदीले आफू बुधबारदेखि कार्यालय आइरहेको भएपनि हाजिरी गर्न नदिएपछि कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको स्वीकार गरिन् ।
१८ साउन, काठमाडौं। थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ ।
आयोगका सदस्य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताए ।