७८ लाख बढीको क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ
काठमाडौं महानगरपालिका-१४ कलंकीमा क्रिप्टो करेन्सीको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो।
काठमाडौं : क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ कौशलटार बस्ने २१ वर्षीय सुशान्त दाहाल रहेका छन्।
काठमाडौं महानगरपालिका-१४ कलंकीमा क्रिप्टो करेन्सीको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो।
उनले क्रिप्टो करेन्सीको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। उनी उपर क्रिप्टो करेन्सीको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।