एएफसी यू-२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै
केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको थियो ।
काठमाडौं । आजदेखि सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ । भुटानको थिम्पुमा हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू–२० र एएफसी यू–२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताइन् ।
केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको थियो ।
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६–१ र ८–० ले पराजित गरेको थियो ।