सीके राउत चीन हुँदै मस्को प्रस्थान

जनमत पार्टीले अध्यक्ष राउत व्यक्तिगत भ्रमणका लागि चीन गएको बताएको छ।

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउत चीन हुँदै मस्को प्रस्थान गरेका छन्। बिहीबार राति चीनको ग्वान्झाव हुँदै उनी रुसको मस्कोतर्फ प्रस्थान गरेका हुन्।

अध्यक्ष राउत काठमाडौंबाट चाइना साउदर्नको ३०६८ नम्बरको फ्लाइटबाट चीनको ग्वान्झाव उडेका थिए। ग्वान्झावबाट उनी मस्को प्रस्थान गर्ने बताइएको छ।

जनमत पार्टीले अध्यक्ष राउत व्यक्तिगत भ्रमणका लागि चीन गएको बताएको छ। उनी सात दिनका लागि रुस भ्रमण गएको जनमतले बताएको छ। उनी के कामका लागि रुस गएको त्यो भने खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *