चक्रे मिलनको बयान : एमालेको सदस्य हुँ, समाजसेवामा हिँड्छु

मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो ।

२७ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

उनीहरूको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलामा परेको छ । अहिले उनीहरूको बयान भइरहेको छ । उनीहरू पटके कसुरदार भएकाले अदालतमा मुद्दा दर्ता गरिएको हो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरूसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।

मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । यसको मुख्य व्यक्ति भनिएका चक्रेले भने आफूले गुण्डागर्दी नभई समाजसेवी भएको बयान दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *