चक्रे आज पनि हिरासतमै, भोलिबाट अदालतमा बहस थालिने

आज मुद्दा दर्ता भयो । तर थुनछेक बहस नभ्याउने भएकाले आज हिरासतमै राखेर भोलि पुन: अदालत पेश गरिन्छ,’ नेउपानेले भने ।

२९ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ ।

चक्रेविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए पनि आज बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहने भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले मुद्दा दर्ता भए पनि थुनछेक बहस आज नभ्याउने भएकाले चक्रेलाई हिरासतमै ल्याइएको बताए ।

‘आज मुद्दा दर्ता भयो । तर थुनछेक बहस नभ्याउने भएकाले आज हिरासतमै राखेर भोलि पुन: अदालत पेश गरिन्छ,’ नेउपानेले भने ।

एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि मुद्दा दर्ता भएको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *