भारतीय विदेशसचिव रात्रिभोजका लागि सोल्टी होटलमा

राणालाई भेट्नुअघि उनले विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।

१ भदौ, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्री रात्रिभोजका लागि सोल्टी होटल पुगेका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईले आयोजना गरेको रात्रिभोजका लागि मिश्रीसहितको टोली सोल्टी होटल पुगेको हो ।

स्रोतका अनुसार, परराष्ट्रमन्त्री आरजु राणालाई भेटेपछि उनी त्यसतर्फ प्रस्थान गरेका थिए । राणालाई भेट्नुअघि उनले विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।

त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए ।

मिश्रीको टोली भोलि (सोमबार) दिउँसो स्वदेश फर्किने कार्यतालिका छ ।

twitter sharing button
messenger sharing button
whatsapp sharing button

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *