अमेरिका भ्रमणमा छिन् उपसभामुख राना

उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ ।

३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ ।

राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *