दोस्रो विश्वयुद्धसमेत लडेका दर्जबहादुर तामाङका छोरा डीबी बम्जन र उनकै भाइ ज्ञानबहादुरसहित उनको परिवारले सहकारीको जालो बिस्तार गर्दै लाने क्रममा पोखरामाथि उनीहरूले नजर लगाइरहेका थिए । सहकारीलाई अगाडि बढाउने माध्यम उनीहरुले पूर्व गोर्खा सैनिकहरुलाई बनाइरहेका थिए ।
उनीहरूमार्फत नै मानिसहरु जम्मा गरेर सुरुमा सहकारी खोलेका थिए । तर, सहकारी ठगी प्रकरणमा भने उनले अदालतमा इन्कारी बयान दिएका छन् ।
तत्कालीन अध्यक्ष ज्ञानबहादुर बम्जनले २६ लाख ७० हजार ८७१ रुपैयाँ सहकारीको ठगी गरेको अभियोग थियो । तर, उनी अध्यक्ष हुँदा सहकारीबाट संयुक्त रुपमा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ ।
२०६५ भदौ २७ गते पहिलो साधारण सभाले ज्ञानबहादुर बम्जनको अध्यक्षतामा गठित सहकारी कानूनी रुपमा दर्ता भएको थियो ।
२०६७ पुस ६ गतेको तेस्रो साधारणसभाबाट अध्यक्षमा जीवी राई निर्वाचित भएका हुन् । सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको थियो ।
१८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुल मुद्दा दायर भएको थियो । सहकारीबाट १ अर्ब ५१ करोड रुयैयाँ ठगी भएको भन्दै बिगो माग दाबी गरिएको छ ।
यही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।