गुण्डागर्दी आरोपमा पक्राउ परेका रेस लामाविरुद्ध ४ दिन म्याद थप

उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो ।

१० भदौ, काठमाडौं। गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ ।

अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको म्याद थप गरेको हो ।

उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो ।

उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । यसअघि तरबारले केक काटेको आरोपमा पनि उनी पक्राउ परेर छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *