रुबी हत्या प्रकरणका आरोपी लक्ष्मणको मृत्यु

लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए।

रौतहट : रौतहटको चर्चित रुबीकुमारी साह हत्या प्रकरणका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। पासवानको काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।

लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसार उनको शरीरका ६०  प्रतिशतभन्दा बढी भाग जलेको थियो। त्यसपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

आरोपित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *