एएफसी र फिफाका आधिकारिक खेल दशरथ रंगशालामा नहुने

एन्फाका महासचिव किरण राईका अनुसार अब नेपालले फिफा र एएफसीका कुनै पनि खेल दशरथ रंगशालामा खेल्न नपाउने बताए।

काठमाडौं : नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशाला दशरथ रंगशालामा फिफा र एएफसीका आधिकारिक खेल नहुने भएका छन्।

एसियन फुटबल कन्फिडेरेसन(एएफसी)ले दशरथ रंगशालको निरीक्षण गर्दा रंगशालामा आधुनिकीकरण नभएको भन्दै फिफा र एएफसीको खेल खेलाउन नमिल्ने बताएको हो।

एन्फाका महासचिव किरण राईका अनुसार अब नेपालले फिफा र एएफसीका कुनै पनि खेल दशरथ रंगशालामा खेल्न नपाउने बताए। ‘अब रंगशालाको मापदण्ड पूरा नभएसम्म फिफा र एएफसीको आधिकारिक खेल हुन सक्दैन,’उनले भने।

उनले दशरथ रंगशालामा साफ र अन्य अन्तर्राष्ट्रिय सिरिज भने हुने बताए। ‘हामीले फिफाको आधिकारिक खेल खेल्न नपाए पनि नेपाली दर्शकले घरेलु मैदानमा साफ र अन्य अन्तर्राष्ट्रिय श्रृंखला भने हेर्न पाउने छन्।’

दशरथ रंगशालाले बारम्बार एएफसीको निरीक्षणमा अयोग्य ठहर हुँदै आएको थियो। यसअघि पनि मैदानका कारण नेपालले २०२६ को विश्वकप छनोटको खेलहरू र एएफसी एसिएन कप २०२७ को छनोट  अन्तरगतका दशरथ रंगशालामा नेपालले खेल्न पाएको थिएन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *