सिन्धुलीमा पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

प्रहरीका अनुसार बालिकाको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो ।

१५ भदौ, काभ्रेपलाञ्चोक ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी  २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल बहादुर माझीले जानकारी दिए ।

प्रहरीका अनुसार बालिकाको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धान गरी बालिकाको शव पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *