धादिङ–मलेखु सडकः दारेगौँडाभिरमा अझै भासिने र पहिरो जाने क्रम रोकिएन

स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ ।

१७ भदौ, मलेखु (धादिङ) । धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो ।

स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ । सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *