मोटरसाइकल दुर्घटनामा बेपत्ता दुई युवकको शव भेटियो

सीसीटीभी फुटेजमा भदौ १५ गते राति १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो।

रसुवा : मोटरसाइकल दुर्घटनामा परी बेपत्ता दुई युवकको शव भेटिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेका २४ वर्षीय सुदीप घले र २३ बर्षिय दावा ढेण्डुप तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सोलेस्थित खोलाबाट दुवै जनाको शव निकालिएको हो। एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएकोमा मंगलवार बिहानसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरेका थिए।

सीसीटीभी फुटेजमा भदौ १५ गते राति १० बजे धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो। सीसीटीभी फुटेजकै आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाले खोजी कार्य गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *