काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाखसहित नासु भण्डारी पक्राउ

बुधबार बिहान ११ बजेतिर अख्तियारको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो ।

काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काभ्रेमा छापा मारेको छ ।

बुधबार बिहान ११ बजेतिर अख्तियारको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो । त्यसक्रममा मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई दुई लाख नगदसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली मालपोत कार्यालय काभ्रेमा पुगेको र थप जानकारी टोली आयोग आएपछि मात्र जानकारी हुने बताए ।

भण्डारीबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *