नवनियुक्त आईजीपीले भने- सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन

वनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफू जति समय रहे पनि सकेको राम्रो गर्ने बताएका छन् ।

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन्।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ प्रहरीको ३२ औँ आईजीपी बन्न सफल भएका छन् । आईजीपी थापा भदौ १८ गतेदेखि अवकाशमा गएपछि उनले जिम्मेवारी पाएका छन्। तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।

वनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफू जति समय रहे पनि सकेको राम्रो गर्ने बताएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि बोल्दै खापुङले उक्त कुरा बताए । ‘म प्रण गर्छु । सकेको राम्रो गर्छु । तर नराम्रो गर्ने छैन,’ खापुङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *