कुन-कुन सामाजिक सञ्जाल चल्छन् ? कुन चल्दैनन् ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् ।

१९ भदौ, काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ ।  यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् ।

यी प्लेटफर्महरू बन्द हुने छैनन् ।

नेपालमा यी प्लेटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।

सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन्

–टिकटक

–भाइबर

–निम्बज

–वीटक

–ओपोलाइभ

सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्

–फेसबुक

–म्यासेन्जर

–इन्स्टाग्राम

–युट्युब

–ह्वाट्सएप

–ट्वीटर

–लिंक इड

–स्न्याप चयाट

–रेडिट

–डिस्कर्ड

–पिन्ट्रेस्ट

–सिग्नल

–थ्रेड

–वी च्याट

–कोरा

–सम्ब्लर

–क्लब हाउस

–मास्टर डन

–रम्बल

–मि वी

–मि भिके

–लाइन

–इमो

–जालो

–सोल

–हाम्रो पात्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *