जेनजीहरुको माग, प्रधानमन्त्री ओलीको राजीनामा
प्रदर्शनकारीले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र नपुग्ने र प्रहरी प्रशासनविरुद्ध नारा लगाएका छन्।
२४ भदौ, काठमाडौं। बानेश्वरस्थित सिभिल अस्पताल अगाडि जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
सोमबार भएको प्रदर्शनमा कम्तिमा १९ जना युवाको मृत्यु भएको र २ सय बढी घाइते भएको छ।
प्रदर्शनकारीले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र नपुग्ने र प्रहरी प्रशासनविरुद्ध नारा लगाएका छन्।
आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।