देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्- बालेन

‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’

२४ भदौ, काठमाडौं।  बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुन: अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्।

‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’

यसअघि डा. सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाहरुले पनि आन्दोलनसामु सरकारले घुँडा टेकिसकेकाले आन्दोलन रोक्न अपिल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *