नक्साल भाटभटेनीमा आगजनी

‘प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले भने, ‘क्षतिबारे यकिन भएको छैन, स्टोरमा पूरै आगो लगाइएको छ।’

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन्।

आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले  बताए।

भाटभटेनी चेनको यो पहिलो स्टोर हो।

‘प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले भने, ‘क्षतिबारे यकिन भएको छैन, स्टोरमा पूरै आगो लगाइएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *