बालेन वा सुशीला कार्कीको नेतृत्व स्वीकार्न तयार: दुर्गा प्रसाईं
उनले आफूलाई नेतृत्वको मोह नभएको भन्दै बालेन साह वा सुशीला कार्कीमध्ये जोसुकै तयार भए पनि नेतृत्व स्वीकार्न तयार रहेको स्पष्ट पारे।
२५ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र निकासबारे गहिरो छलफल भएको बताएका छन्। उनले आफूलाई नेतृत्वको मोह नभएको भन्दै बालेन साह वा सुशीला कार्कीमध्ये जोसुकै तयार भए पनि नेतृत्व स्वीकार्न तयार रहेको स्पष्ट पारे।
प्रसाईंले अहिलेको अवस्थामा सस्तो राजनीति होइन, राष्ट्रिय एकता र रचनात्मक समाधान आवश्यक रहेको उल्लेख गर्दै सबैको साथ र सुझाव अपरिहार्य भएको बताएका छन्।