भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार
देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।
२६ भदौ, काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।
जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।