नागरिकता बनाउन झुठा विवरण सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन वडाध्यक्ष यादवले सिफारिस गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

मलंगवा : झुठा विवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिकाका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

चारजना शंकास्पद व्यक्तिहरूको नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका-४ का वडाध्यक्ष सुबोध राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन वडाध्यक्ष यादवले सिफारिस गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नं.११२९१ र मिति २०८१ अषाढ ३ गतेको पत्रानुसार वडाध्यक्ष यादवलाई पक्राउ गरीअनुसन्धान सुरू गरिएको राईको भनाइ छ।

असोज ५ गते यादवलाई पक्राउ गरिएको हो । नागरिकतासम्बन्धी कसुर मुद्दा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *