सेयर बजारमा उच्च गिरावट , ७ अर्ब ४६ करोडको सेयर कारोबार


२३ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ ।

अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *