राष्‍ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश

सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनसम्बन्धी जटिलता फुकाएको हो। निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान छ।

काठमाडौं :  राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको जानकारी दिए।

सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनसम्बन्धी जटिलता फुकाएको हो। निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान छ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ। उक्त प्रावधान सच्याउन अध्यादेश ल्याइएको हो।

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *