काठमाडौंको बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति
काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।
१० असोज, काठमाडौं । काठमाडौंको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।
प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।